Sajhamanch Archive

दोमुखाको विकाससँगै पर्यटक बढे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको पर्यटकीय गन्तव्य दोमुखामा आन्तरिक तथा वाह्यि पर्यटकको संख्यामा बृद्धि भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष पर्यटक हरुको संख्यामा वृद्धी भएको हो ।

पर्यटकहरुको संख्यामा वृद्धी भए संगै उक्त क्षेत्रको विकासमा अझ ठुलो चुनौती देखिएको छ । गत वर्ष दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरुको संख्या ८ लाख थियो भने यस वर्ष बढेर १५ लाख पर्यटकहरु घुम्न आएको हो । ९ विघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको दोमुखामा पर्यटकहरुको संख्यामा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको दोमुखा धार्मिक तथा पयटकीय क्षेत्र विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए । उनका अनुसार कुनै बेला दोमुखामा पर्यटक सुन्य थियो । पर्यटकका लागि आवश्यक पर्ने सेवा सुविधा नहुँदा दोमुख पछि परेको पक्कै हो उनले भने, । तर स्थानीय सरकार आएसँगै विभिन्न संघ संस्था र सरकारबाट सहयोग मिलेपछि दोमुखा पर्यटकीय क्षेत्रले गति लिएको हो ।

दोमुखामा मात्र रहेको बैष्णवदेवीको मन्दिर, शान्त वातावरणमा रुखका छहारीहरु, फुलवारी बगैँच,ा तराई र पहाडको संगम स्थलको मनमोहक दृष्यले यस ठाउँलाई थप सौन्दर्यता थपेको छ । पर्यटकहरु यस ठाउँमा विषेश गरी पौराणिक इतिहास बोकेको पवित्र कन्काई नदिमा स्नान गर्न र पिक्निक खानको लागि आन्तरिक पर्यटकको आगमन हुने दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिकाा सह सचिव रविन न्यौपानेले जानकारी दिए । उनका अनुसार विभिन्न युवट्व च्यालनका लागि सट मुभ, फिल्म सुटिङ्गका लागि पनि आम मानिसले दोमुखा रोज्ने गरेका छन् ।

समितले उक्त पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई प्रवेश शुल्क प्रति व्यत्तmी रु १० रुपैया, मोटर साईकल पार्किङ्ग १० रुपैया, कार पार्किङ्ग ५० रुपैया, बस पार्किङ्ग १ सय रुपैया शुल्क लिने गरेको छ । टहरामा पिक्निकको लागि ५ सय रुपैया, नदिको किनारा पिक्निक खाए बापत ३ सय रुपैया, कमन स्पोटमा पिक्निक खाएमा ५ सय रुपैया र कुनै कार्यक्रम गर्नु परेमा २५ सय शुल्क लिने गरेको छ । यस्तै विभिन्न शुल्क हरुबाट समितीले गत वर्ष १५ लाख रुपैया उठाएको थियो भने यस वर्ष २५ लाख रुपैया रकम संकलन भई सकेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास समितीका व्यवस्थापक सुरज थापाले जानकारी दिए । भक्खरै निर्माण गरीएको १ सय ४८ दशम्लव ८० मिटर लम्बाई भएको झोलुङ्गे पुलले पर्यटकहरुलाई थप आकर्षण गरेको छ । समितिले उक्त क्षेत्रमा अझ पर्यटकहरुको गन्तव्य बनाउन चिल्ड्रेन पार्कको पनि निर्माण कार्य अगाडी बढाएको छ । दोमुखासम्म पुग्नको लागी सरदारे पुलको निर्माण कार्य ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । शिवसताक्षी नगरपालिकाले पनि दोमुखाको पर्यटन विकासको लागी ५० लाख बजेट विनियोजन गरेको छ । नगरले मास्टर प्लानको साथ पुर्वाधारहरुको विकास गर्ने र दोमुखा लाई पुवाञ्चलकै राम्रो धार्मिक तथा पयटकीयक्षेत्र बनाउने नगरको उद्धेश्य रहेको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । स्थानीय निकायले दोमुखलाई प्राथमिकता साथ विकास गर्ने हो भने पर्यटकको अन्तिम गन्तव्य र नगरको ठूलो आम्दानीको श्रोत बन्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *