Sajhamanch Archive

एसईईका विद्यार्थीलाई प्रहरीको पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । यस वर्षको माध्यमिक शिक्षा एसईई परीक्षा आजबाट सकिएको छ ।

चैत १० गते अंग्रेजी विषयको परीक्षाबाट सुरु भएको ऐच्छिक विषय लेखा र शिक्षा विषयको परीक्षा दिए पछि यस वर्षको एसईई परीक्षा सकिएको हो ।

परीक्षामा देशभरवाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सामेल भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिकधारका परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
त्यसैगरी झापाको कमल गाउँपालिका बाट ९ सय १६ जना विद्यार्थी सहभागी रहेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए ।

कमल गाउँपालिकामा ४ वटा केन्द्रबाट परिक्षा सन्चालन भैरहेकोको जसमा शहिद धर्मभक्त माध्यमिक विद्यालय केन्द्रमा २ सय ४२ जना विद्यार्थी सहभागी रहेका छन् भने कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय केन्द्रमा २ सय ८१ जना र वाणी माध्यमिक विद्यालय केन्द्रमा २ सय ९९ जना विद्यार्थीहरु सहभागी रहेको शिक्षा शाखा प्रमुख दाहालले जानकारी दिए । परीक्षाको अन्तिमदिन विद्यार्थीहरुले एक अर्कालाई अविर लगाई तथा अटोग्राफ लिएर विदा भएका थिए।

एसईईको अन्तिम दिन जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेश राज मैनाली द्वारा हस्ताक्क्षर गरिएको विध्यार्थिलाई मीठो सम्झना अनि धेरै माया भरेको पत्र बितरण गरीएको थियो ।

“ पत्रमा म आज जे छु मैले हिजो गरेको कर्मको कारणले छु ” भन्ने स्टेफन कोबेको भनाईबाट सुरु गरी एसईई परीक्षा सकेका विद्यार्थी तथा युवाहरु विभिन्न प्रकारका लागु औषध तथा दुव्र्यसनीमा फसेर आफ्नो जिवन बर्वाद भन्दै त्यस्तो हुनबाट जोगाउन सचेतना मुलक पत्र स्थानिय प्रहरी चौकीका प्रमुख कमल थापा मगरले वितरण गरेका थिए ।

पत्रको अन्त्यमा भनिएको छ परिश्रमको फलमिठो हुन्छ र चाडै तपाईहरुलाई त्यो फल प्राप्त हुन सकोस् भन्ने शुभेक्षासहित देशले मागेको र खोजेको बेला तपाईहरवाट उचित योगदान हुने छ भन्ने पूर्ण विश्वास लिदैं पुनः एक पटक परीक्षाको पूर्ण सफलताको शुभकामना दिदैं विदा लिन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *