Sajhamanch Archive

विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।राष्ट्रिय ध्वा।जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।

निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान गर्न सक्छ । तर, अचेल दैनिक सरदर ३४ घण्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ उडाउनु पर्नेभन्दा आधा समय मात्रै उडाउँदा पनि जहाजको आम्दानीमा रामै्र छ । नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *