Sajhamanch Archive

हुण्डरी प्रभावितलाई अखिलको झुल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । अखिल (क्रान्तिकारी) झापाले बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रका मानिसहरुलाई लामखुट्टेको टोकाईबाट बचाउन ७५० थान झुल पठाएको छ ।

स्थानीय दाताहरुले सहयोग गरेको रकमबाट झुल खरिद गरेर अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराईको नेतृत्व टोलीमार्फत् प्रभावित क्षेत्रमा झुल पठाइएको हो ।

बिर्तामोड नगरपालिकाद्वारा २०० थान, अनारमनी व्द्यिुत प्राधिकरणबाट ६५ थान, देवी माध्यमिक विधालय बिर्तामोडबाट ५० थान, एमिटी कलेजबाट २० थान, संगम स्वीट्स दमकबाट २५ थान र अन्य विभिन्न सहयोगीबाट ५० थान गरी ७५० थान झुल संकलन गरिएको थियो ।

हावाहुरी प्रभावित स्थानका लागि संकलन गरी पठाइएको झुल स्थानीय उद्धारकर्तासँगको समन्वयमा वितरण गरिने अखिल (क्रान्तिकारी) जिल्ला कमिटी झापाका अध्यक्ष अनिल सुवेदीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *