Sajhamanch Archive

बाफरे सुब्बा साप …..

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ ।

यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ । लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ । तीनै जनको मुद्दा अदालतमा विचारधीन छ । अन्नपूर्ण दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *