Sajhamanch Archive

विहीवारदेखि मेची रंगशालामा ‘तेस्रो सिभीसी भेट्रान कप’

Published: in खेलकुद by .

भद्रपुर । मेची रंगशाला भद्रपुरमा विहीवारदेखि ‘तेस्रो सिभीसी भेट्रान कप’ फुटबल नकआउट प्रतियोगिता हँुदैछ ।

सिभीसी क्वल चन्द्रगढीले नयाँ बर्ष २०७६ को अवसरमा भेट्रान फुटबल नकआउट प्रतियोगिता गर्न लागेको हो । बैशाख ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता जिल्लाभरका ९ र मोरङको एउटा गरी १० वटा भेट्रान क्लवले सहभागिता जनाउने भएको छ ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा सिभीसी (निलो) र खुदुनाबारी भेट्रान क्वल बीच हुनेछ । प्रतियोगितामा बिर्तामोड, धरमपुर, धाइजन, काँकडभिट्टा, राजघाट, लखनपुर, सिभीसी रातो र पूर्वाञ्चल बिर्तामोड टिमले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अमित राईले जानकारी दिए ।

२ लाख बढी खर्च हुने प्रतियोगिताको विजेता टिमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद ३१ हजारसहित शिल्ड तथा मेडल प्रदान गरिने क्लवका सचिव युवराज ढकालले जानकारी दिए । मेची अञ्चलकै एक मात्र सरकारी रंगशाला ओझेलमा पार्ने काम भइरहेको बताउँदै सचिव ढकालले भने, ‘जिल्लाभरी गोल्डकप आयोजना हुन्छ, तर सुविधा सम्पन्न रंगशालामा कुनै गोल्डकप हुदैन, त्यसैले रंगशालाको अस्तित्व बचाउन पनि प्रतियोगिताको आयोजना गरेको हो ।’

राष्ट्रियस्तरका क्लवमा खेल्ने खेलाडीहरु हाल खेल छाडेर बसिरहेको र भेट्रान खेल मार्फत पुनः भेटघाट हुने उदेश्यले पनि भेट्रान फुटबल आयोजना गरिएको क्लवका अर्जुन राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *