हल्दिबारीको दिपेन्द्र प्राविमा मेचे भाषामा पढाई हुने
Published: (Updated: )
by .भद्रपुर । हल्दिवारी ४ जलथल ऐनावारी स्थित दिपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने भएको छ ।
हल्दिवारीकै नमूना विद्यालयका रूपमा विकसित हुँदै गएको सो विद्यालयले शैक्षिक सत्र २०७६ बाट मेचे भाषामा शिक्षण गर्ने भएको हो । लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत सो विद्यालमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमममा पढाइ भइरहेकोमा यस वर्ष कक्षा ४ सम्म अंग्रेजी माध्यम पुर्याउने व्यवस्थापन समितिको तयारी छ ।
यसैबीच विद्यालयले वार्षिक परीक्षा फल प्रकाशनको अवसर पारेर अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँ शिक्षा समितिका संयोजक, हल्दिवारी गाउँ पालिकाका उप्रप्रमुख डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा विद्यालय सुधार तथा आगामी रणनीति तयार गर्ने उद्देश्यले अभिभावकसित अन्तरक्रिया सम्पन्न गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेचेले आफू अध्यक्ष भएपछिको विद्यालय सुधारका कार्यहरू प्रस्तुत गर्दै ६ महिनाको अवधिमा बालमैत्री विद्यालय निर्माणका लागि स्तरीय खेल मैदान, पर्याप्त खेल सामग्री, एसी सहितको बाल कक्षा र श्रव्य दृष्य शिक्षण प्रविधिको विस्तार सहितको प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले शिक्षामा रहेको विभेद अन्त्य गर्न सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म निशुल्क स्तरीय शिक्षा दिन ६ करोड ४१ लाख गाउँ सभा मार्फत विनियोजन गरेको जानकारी दिए । उनले हल्दिवारी क्षेत्रमा हुनेखाने र हुँदा खाने बीचको शैक्षिक भिन्नता नरहने वातावरण बनाउने अभियान थालिएको प्रष्ट पारे ।
Comments