Sajhamanch Archive

केन्याको बारमा पक्राउ परे १२ नेपाली महिला

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।
प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।

अनलाइन खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *