पत्रकार माधव विद्रोही र रघु मैनाली प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित
Published: (Updated: )
by .विर्तामोड । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए ।
यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ मरणोपरान्त र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी मानपदवीद्वारा विभूषित गरिन् । कार्यक्रममा पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाललाई मरणोपरान्त र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदकद्वारा विभूषित गरिएको थियो ।
रेडियो भिजनका कार्यक्रम निर्देशक माधव विद्रोही र पत्रकार रघु मैनालीले प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको छ । विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी, साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ जनालाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणी र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो ।
Comments