Sajhamanch Archive

पेरुका पूर्वराष्ट्रपतिले हाने आफैँ

Published: in राष्ट्रिय समाचार, by .

पेरु । पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका हुन्।

अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा हस्पितल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको समाचारहरूमा जनाइएको छ। उनलाई ब्राजिलियन निर्माण कम्पनीसँग घूस लिएको आरोप लगेको थियो।

तर, उनले उक्त आरोप अस्वीकार गर्दै आएका थिए। प्रहरी अधिकारी सोही आरोपमा उनलाई पक्राउ गर्न पुगेका थिए। सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म उनी पेरुको राष्ट्रपति बनेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *