Sajhamanch Archive

पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। त्यस्तै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएका छन्।
(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *