Sajhamanch Archive

दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

नयाँ दिल्ली । भारतमा लोकसभाका लागि आज भएको दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु भएको छ । इरोड जिल्लामा एक मतदाताको मृत्यु भएको हो । ६३ वर्षीय ती व्यक्तिको मुरुगेसनमा रहेको मतदान केन्द्रमा बेहोस भएका थिए । पछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

आज भारतमा भइरहेको मतदान देशका १२ राज्य, १ केन्द्र शासित प्रदेश समेत जम्मा ९६ सिटका लागि हो ।
यो चरणमा आसाम, विहार, छत्तीसगढ, जम्मु—काश्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ ।

तमिलनाडुको भेल्लोर क्षेत्रमा पनि आज चुनाव हुने कार्यक्रम रहेकोमा निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले त्यहाँको चुनाव स्थगन गरेका छन् ।

डीएमकेका नेताको निवासमा ठूलो परिमाणमा नगद फेला परेपछि आयोगको सिफारिसमा त्यहाँको निर्वाचन स्थगन गरिएको हो । निर्वाचन ७ चरणमा पूरा हुने कार्यक्रम रहेको छ । मतगणना सबै चरणको निर्वाचन सकिएपछि २३ मे का दिन हुने बीबीसीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *