घर भत्काइदिएको भन्दै सुकुम्बासीले जनप्रतिनिधिलाई कार्यालयमा थुने
Published:
by .विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीय कार्यकक्षमा थुनेका छन् । सुकुम्बासीको घर भत्काइदिएको विरोधमा आक्रोशित बनेका स्थानीयले शुक्रवार बिहान केही समय जनप्रतिनिधिसहितका कर्मचारीलाई कार्यकक्षमा नै थुनिदिएका हुन् ।
शुक्रबार बिहान १० बजेदेखि वडा कार्यालयमा ताला लगाएका थिए । वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा बनाएको कच्ची घर महानगरपालिकाको डोजरले भत्काएको थियो ।
डोजरले घर भत्काएको बिरोध स्थानीयले जनप्रतिनिधीलाई थुनेका हुन् । वडा भरीका सुकुम्बासी कार्यालयमा भेला भएर जनप्रतिनिधिलाई कार्यकक्षमै राखेर बारिहबाट केही समय तालाबन्दी गरेका थिए । तर, केही समयपछि खोलेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
सार्वजनिक जग्गामा व्यक्तिले सुकुम्बासीबाट पैसा लिएर टहरा बनाएपछि महानगरपालिकाले जोडर प्रयोग गरेर भत्काएको पराजुलीले बताए । ‘सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो,’ उनले भने, ‘सार्वजनिक जग्गामा बनाएको घर हटाउनभन्दा नमानेपछि महानगरले बल प्रयोग गरेको हो ।’
Comments