Sajhamanch Archive

ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेका हून : देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दैै देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।

उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे । कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा। शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाए । उनले अधिनायकवादतर्फ उन्मुख सरकारलाई नेपाली कांग्रेस एक जुट भएर परास्त गर्नुको विकल्प नभएको बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकका लागि केही नगर्ने सरकार प्रचारमुखी मात्र भएको टिप्पणी गरे । उनले सरकारको आयु छोटिँदै गएको दाबी पनि गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *