आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत्: सशस्त्र प्रहरीको दोहोरो जित
Published:
by .नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ ।
शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९ र २५–१० को सोझो सेटमा पराजित गर्यो ।
शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर–३ ले प्रदेश नम्बर–२ माथि २५–९, २५–७ र २५–१३ को जित निकाल्यो ।
प्रदेश–३ मा न्यू डायमन्ड एकेडेमीका खेलाडीहरुको बाहुल्यता रहेको छ ।
भलिबलकै पुरुषतर्फ सशस्त्रले प्रदेश नम्बर–५ माथि २५–८, २५–२१ र २५–२१ को सहज जित निकाल्यो ।
यसैगरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गन्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट आर्मीले २२–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेटमा सहज जित निकाल्यो । आर्मीले २५–१८, २५–२१ र २५–१४ ले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
Comments