हावाहुरी पीडितलाई शिवसताक्षी नगरपालिकाको सहयोग
Published: (Updated: )
by .शिवसताक्षी । गएको चैत्र १७ गते प्रदेश नम्बर २ को बारा र पर्सामा भिषण हावाहुरीको कारण जनधनको क्षति भएको परिवारलाई शिवसताक्षी नगरपालकाले सहयोग गरेको छ ।
बिहीबार शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मालगायतको टोलीले प्रदेश नं. २ मुख्य मन्त्री लालबहादुर राउतलाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । टालीले त्यहाँको अवस्था बारे समेत जानकारी लिएका थिए ।
शवसताक्षी नगरपालिकामा चैत्र १७ गते बसेको ४८ आंै कार्यपालिका बैठकमा प्रदेश नम्बर २ का हावाहुरी प्रभावित हरुलाई ५ लाख रुपैया राहत रकम सहयोग गर्ने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सहयोग हस्तान्तरण पश्चात अतिथीहरुलाई स्वागत गर्दै मुख्य मन्त्री राउतले सवै क्षेत्रबाट राहत सहयोग जुटिरहेको र अव विस्थापित परिवारलाई आवासको आवश्यक्ता रहेको बताए ।
टोलीमा उप प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष कुलबहादुर बस्नेत, जग्गा धनिपुर्जा वितरण समितिका अध्यक्ष राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका शाखा अधिकृत डिल्ली नेपाल लगायतको सहभागिता रहेको थियो ।
Comments