Sajhamanch Archive

नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगायो

Published: in राजनीति by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले जिल्ला अध्यक्ष सचिवहरूको टुंगा लगाएको हो । बैठकमा नेताहरूलाई सूची हेर्न भने दिइएको छैन ।

सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको छ ।

बैठकमा तत्कालीन एमाले र माओवादीले कुन–कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन । बैठकमा नेता बामदेव गौतमलगायतले अध्यक्षद्वयसँग सूची मागेका थिए । सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्षले नदिएको एक सदस्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *