Sajhamanch Archive

इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ?

निर्यात घट्ने

कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रवद्र्धन परिषदको अध्यक्ष मोहित सिगंललालाई उद््धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘निर्यात क्षेत्रमा प्रभाव पर्ने निश्चित छ । किनकि सबै किसिमका उत्पादन एवं सेवामा कच्चा तेललाई एक मध्यवर्ती सामानको जस्तो प्रयोग गरिँदै आएको छ ।’ उनका अनुसार प्रतिबन्धबाट पाइँदै आएको छुट समाप्त गर्नाले कच्चा तेलको मूल्य तत्काल ३ देखि ५ प्रतिशतसम्म बढ्न जान्छ । कारोबार दैनिक बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *