Sajhamanch Archive

बिरामीलाई बेवास्ता गर्ने चिकित्सकविरुद्ध उजुरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं। बिरामीका लागि चिकित्सक देवता हुन् । चिकित्सकले राम्रोसँग बोलिदिए र राम्रो व्यवहार गरिदिए बिरामीको मनोबल झन् बढ्छ, पीडा अलिकति भएपनि कम हुन्छ ।

तर केही चिकित्सकले बिरामीलाई वास्ता नै नगरेको पाइएको छ । चिकित्सकले वास्ता नगर्दा बिरामी झन् प्रताडित बन्दै गएका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकविरुद्ध ६० वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका सदस्य डा ढुण्डिराज पौडेलले चिकित्सक पेसाप्रति इमान्दार हुनु जरुरी रहेको बताए ।

उनले चिकित्सकबाट आचारसंहिता उलंघन गरेको भेटिए र उपचारका क्रममा लापरबाही गरेको प्रमाणित भए कारबाही हुने बताए । राजधानी दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *