सिटिजन लाइफ इन्स्योरेन्सले विमकलाई दियो १४ लाख
Published:
by .बिर्तामोड । सीटीजन लाइफ इन्स्योरेन्सले विदेशमा जीवन गुमाएका एक वीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ ।
२०७५ साउनमा रोजगारीका लागि दुबई गएका झापा मेचीनगर–३ बडाखालका २१ वर्षीय निकेश गर्तौलाको गत पुसमा त्यहीँ आकस्मिक निधन भएकोमा उनले बीमा गरेको वैदेशिक म्यादी जीवन बीमा योजनाअन्तर्गतको बीमा दाबी रकम शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको हो ।
विर्तामोड शाखा कार्यालयमा संक्षिप्त कार्यक्रमका बीच निकेशका पिता चेतनाथ गर्तौलालाई बीमा दाबी रकम १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
सीटीजन लाइफ इन्स्योरेन्स, बिर्तामोड शाखा प्रमुख उत्तम कोइराला, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्लेले संयुक्त रुपमा बीमा दाबी भुक्तानी वापतको चेक वीमितका पिता चेतनाथलाई हस्तान्तरण गरेका हुन् ।
विमितलाई बीमा रकम दावी भुक्तानी गर्न आयोजित विशेष कार्यक्रममा पत्रकार काफ्लेद्वयले विगतमा बीमकले आफ्नो वा परिवारको बीमा रकम दावी गर्दा झेल्नु परेका समस्याहरु पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै आएकोमा प्रशंसा गरेका थिए ।
बीमाको म्याचुरिटी भएर होस् वा मृत्य पश्चातको दावी होस्, भुक्तानी पाउन पहिले महिनौं धाउनु पर्ने अवस्था थियो तर आज विमकलाई कम्पनीले नै बोलाएर भुक्तानी दिनुले बीमा कम्पनीहरुमा विश्वसनियता बढ्दै गएको आभाष मिलेको पत्रकारद्वयको भनाई थियो ।
Comments