मेची नेत्रालय मेचीनगर गोल्डकपः ललितपुरलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश
Published: (Updated: )
by .काँकरभिट्टा । धरान फुटबल क्लब झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करणको क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा स्पर्धी च्यासल युथ क्लब ललितपुरलाई १ शुन्य गोलले पराजित गदैं धरानले क्वाटरफाइनलको यात्रा तय गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
विदेशी खेलाडीसहित मैदान छिरेका दुवै टिमले दर्शकको अपेक्षा अनुसार खेल प्रदर्शन गर्न सकेनन् । शुरुदेखिनै दुवैले गोल गर्ने अवसर पटक पटक पाए पनि अवसरको प्रयोग गर्न नसक्दा मध्यान्तरअघि सम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।
मध्यान्तरपछिको ३५ औँ मिनेटमा धरानका मिलन राईले गोल गदैं आफ्नो टिमका नाममा जीत दर्ता गरे । खेलको म्यान अफ दी म्याच समेत घोषित राईले ललितपुरको कमजोर रक्षापंक्तिको फाइदा उठाएर गोल गरेका थिए । राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो ।
राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट एकल प्रयासमा गोल गरेका थिए । राईले गोल गर्नका लागि आक्रमकरुपमा पोस्ट प्रहार गरेका थिए । तर, ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरीयो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो ।
ललितपुरको पटक पटक गोल गर्र्ने अवसर वारमा ठोक्किएर बाहिरएको थियो । २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन । खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड व्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको म्यान अफ दी म्याच समेत घोषित राईले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले पुरस्कार प्रदान गरेका थिए । शनिबारको पहिलो कवाटर फाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सिएमजी संकटा क्लब काठमाण्डौंबीच हुने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापा मगर राजाले बताए ।
आफ्नो टिमले गोल गर्ने पटक पटक अवसर पाए पनि अवसरलाई प्रयोग गर्न नसक्दा हार व्योहोर्नु परेको ललितपुरका प्रशिक्षक शंकर व्यञ्जनकारले प्रतिक्रिया दिए । ‘हाम्रो टिमले गोल गर्र्ने अवसर निक्कै पाएको थियो ’प्रशिक्षक व्यञ्जनकारले भने—‘ को २ ÷ ३ वटा प्रहार वारमा ठोक्किएर बाहिरीयो,मौसमले समेत साथ दिएन धरान बराबरी खेल्ने रणनीतिसहित मैदान छिरेको थियो उस्ले मौकाको फायदा लियो ।’धरानका प्रशिषक सागर घिमिरे ललितपुरसँग कडा प्रतिस्पर्धा गर्नु परेको बताउँछन् । उनले भने —‘खेल दुवैको निक्कै प्रतिस्पर्धात्मक थियो, गोल गर्ने मौका दुवै टिमले बराबरी पाएको थियो मात्र सदुपयोग कस्ले गर्ने भन्ने थियो त्यो मौका हामीले पायौ ।’ आफ्नो मिल्डफिल्डर कमजोर भएका कारण निक्कै संघर्षपूर्ण खेल खेल्नु परेको र जीत निकाल्न सफल भएको उनले बताए ।
Comments