श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत : मन्त्री विष्ट
Published:
by .काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका छन्।
१९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री विष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताए। दैनिक कामका लागि विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उनले उल्लेख गरे।
मन्त्री विष्टले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याई उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सनलगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिए।
Comments