भद्रपुरमा सरसफाई मजदूरलाई स्वास्थ्य सचेतना
Published:
by .भद्रपुर । १३०औं विश्व मजदूर दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिकामा कार्यरत मजदूरलाई सरसफाई र जनस्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
भद्रपुर–८ स्थित जेसीज भवनमा जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरसफाई मजदूरलाई सरसफाई र जनस्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै जेसीजको तर्फबाट एक–एक थान टि–सर्ट पदान गरिएको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मेची अञ्चल अस्पतालका चिकित्सकले सरसफाई र जनस्वास्थ्य सम्बन्धी जानकारी गराएका थिए ।
भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलले सञ्चालन र कोषाध्यक्ष निकास पाण्डेले जेसीज आस्थावाचन गरेको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ८ नं वडाध्यक्ष गौरव सुब्बा, नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल लगायतले मजदूर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
Comments