विर्तामोडमा कविता बाचन
Published:
by .विर्तामोड । जयेन्द्रप्रसाद साहित्य सेवा कोषको आयोजनामा नया“ बर्षको अवसर पारेर बसन्तोत्सव छन्द कविता गोष्ठी कार्यक्रम बुधबार विर्तामोडमा सम्पन्न भएको छ ।
अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्राध्यापक होम सुवेदी तथा यज्ञराज प्रसाईंको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा ३० बढी साहित्यकारहरुले छन्द कविता वाचन गरेका थिए ।
अधिकांश कवितामा कर बृद्धि, सदाचारका लागि शासकले सुध्रनुपर्ने आवश्यकता, सरकारको दुर्वलताको ब्याख्या, प्रकृति वर्णनसहितका भावना छचल्किएका थिए भने भ्रष्टाचार र वेथितिको अन्त्य गरेर शासकीय सुधार गर्न सरकारलाई आग्रह गरिएका थिए ।
कार्यक्रममा साहित्यकारहरु तेजराज खतिवडा, ज्ञानराज सुवेदी, गोपाल संग्रौला, राजेन्द्र संग्रौला, पुण्य खरेल, हरिप्रसाद रिमाल, दुष्यन्त भट्टराई, मात्रिका संग्रौला, दयानन्द गोश्वामी, केशव भट्टराई, हरिप्रसाद न्यौपाने, रघुनाथ पौडेल लगायतले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी गोष्ठीमा कृष्णप्रकाश सुमार्गी, कृष्ण सुवेदी निराकार, मिना अधिकारी, खगेन्द्र नेपाल, दधिराम खनाल, देवीचरण भण्डारी, आरती पोखरेल, लीला अनमोल, सिसा चौधरी, जयप्रसाद आचार्य, भक्तिप्रसाद मैनाली, मिनु शिवाकोटी, इन्द्र कटुवाल, देवी प्रसाईं लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत छविलाल खतिवडाले गर्नुभएको थियो । एकसय बढी स्रष्टा सर्जकहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राजेन्द्र प्रसाई र इन्दु पूर्वेलीले गर्नुभएको थियो । विर्तामोडका समाजसेवी गोपीकृष्ण प्रसाईले आफ्ना वुवाआमाको स्मृतिमा स्थापना गर्नुभएको कोषले विगत १६ बर्षयता प्रत्येक बर्ष अग्रज पत्रकार, उत्कृष्ठ कृति, महिला पत्रकारहरुलाई सम्मान गर्दै आएको छ भने केही बर्षयता छन्द उत्सव गर्दै आएको छ ।
Comments