कनकाईका मेयर पोख्रेलले मजदुर उपचार हितकोषलाई दिए एक वर्षको तलब
Published: (Updated: )
by .सुरुङ्गा । झापा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गरेका छन् ।
पोखरेलले १ सय ३० आंै अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पारेर आफ्नो बर्ष दिन वापतको रकम ३ लाख २५ हजार चार सय ६० रुपैँयाको चेक बुधवार हस्तानतरण गरेका हुन् । पोखरेलले नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारकालागि स्थापित मजदुर हितकोषलाई सो रकम हस्तानतरण गरेका हुन् । उक्त रकमको चेक संघीय सांसद एलपीसाँबा लिम्बुले मजदुर नेताहरु सचिन लामा, केशर न्यौपाने, टंक गुरागाँई लगायातलाई प्रदान गरे ।
एक बर्ष अगाडि स्थापना गरिएको सो मजदुर हितकोषमा यस अघि पनि कनकाई नगरपालिकाबाट आर्थिक बर्ष ७३÷७४ र ७४÷७५ मा गरि १० लाख र ५ लाख ५० हजार रुपैँया बजेट विनियोजन गरिसकिएको मजदुर हित कोषका सदस्य सचिव तथा कनकाई नगरपालिकाका अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए । हितकोषको ब्याजबाट संकलित रकमबाट यस क्षेत्रका मजदुरको जीवन विमा गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । पोखरेलका अनुसार हितकोषबाट नगर क्षेत्रका १० जना मजदुरको सङ्ख्या मात्रै तोकेर ३ लाख रुपैँया बरावरको दुर्घटना बिमा र १० लाख बरावरको जीवन बिमा गरिएको छ । हितकोषको रकमलाई आफ्नै कार्यकालमा १ करोड रुपैँया बनाउने समेत पोखरेलले जानकारी दिए ।दुई बर्ष पहिलो भएको स्थानीय तहको निर्वाचनका दौरानमा पोखरेल सहित नेपाली कांग्रेसका उम्मेद्धार एकराज उप्रेती लगायातका उम्मेद्वारले आफुले चुनाव जितेमा तलव वापतको रकम नलिने घोषणा गरेका थिए ।
कनकाई नगरपालिका क्षेत्रका करिव ७ सय मजदुरहरु यस हितकोषबाट लाभान्वित बन्ने हितकोषका उपाध्यक्ष टंक गुरागाईँले बताए । हितकोषको अध्यक्षमा हाल नगरप्रमुख पोखरेलनै रहनुभएको छ । केहि महिनापछिनै आफुले अध्यक्षपद छाड्ने र कोषबाटै मजदुरका छोरोछोरीका लागि राम्रो विषय पढ्का लागि समेत सापटी रकम उपलब्ध गराउने निति बनाइने समेत पोखरेलले बताए ।
कार्यक्रमका यस क्षेत्रका इमान्दार ४ मजदुरलाई सम्मान गरिएको थियो । पुराना मजदुर नारायणप्रसाद रिजाल, सवारी चालक पुष्प भट्टराई, पेन्टर महिला कल्पना नेपाल र हप्पनमई किस्कुलाई सम्मान गरिएको हो । कार्यक्रमको आयोजना मजदुर हितकोष त नेपाल स्वतन्त्र जडान तथा निर्माण युनियनले संयुक्त रुपमा गरेका थिए ।
स्वागत नेपाल स्वतन्त्र जडान तथा निर्माण युनियन कनकाई अध्यक्ष केशव न्यौपानेले गरेको कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई , नेपाल स्वतन्त्र जडान तथा निर्माण युनियन झापा अध्यक्ष सचिन लामा, कनकाई नगरका प्रशासकीय अधिकृत खरुदेव चुडाल, नेकपा कनकाई अध्यक्ष रविन्द्र लम्साल, नेपाली काँग्रेसका नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, राप्रपा नगर अध्यक्ष ज्योती उप्रेती, कनकाई नगर वडा नं. २ का अध्यक्ष पर्शुराम गिरी ३ का रुद्र चिमरिया, ४ का गोविन्द पौडेल, ५ का कृष्ण राई, ६ का लइमी ओली, ७ का लीलाबहादुर कन्दङ्वा, ८ का प्रेम कटुवाल, ९ का प्रेम राजवंशीका लगायतको उपस्थिति रहेको थियो ।
मजदुरहरुले कार्यक्रम अघि सुरुङ्गा बजार परिक्रमा गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।
कार्यक्रम पहिले मजदुरको र्यालीले बजार परिक्रमा गरेको थियो ।
्
Comments