निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने
Published:
by .काठमाडौं। वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो ।
निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’ उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं(ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । कान्तिपुर दैनिक बाट।
Comments