Sajhamanch Archive

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

नयाँदिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड हानिएको छ।

चुनावी र्‍यालीमा रहेका वेला मुख्यमन्त्री केजरीवालले पश्चिम दिल्लीको मोतीनगर इलाकामा थप्पड हानिएको हो। त्यसबेला उनी आमआदमी पार्टीका उम्मेदवार बलवीर सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका थिए। सडकमा एउटा खुल्ला जीपमा सवार केजरीवालमाथि एक व्यक्तिले जीपको अगाडिपट्टि चढेर उनलाई थप्पड हानेका थिए। आम आदमी पार्टीले केजरीवालमाथि भएको यो आक्रमणलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको आरोप लगाएको छ। ‘यो केजरीवालमाथिको हमला होइन।

यो दिल्ली र जनमतमाथिकै हमला हो,’ आदमी पार्टीले भनेको छ, ‘दिल्लीका मानिस विजेपीलाई १२ मे मा यसको गतिलो जवाफ दिनेछन्।’ मे १२ मा दिल्लीमा लोकसभाको चुनावका लागि मतदान हुँदैछ। मनीष सिसोदियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहले केजरीवालको हत्या गराउन चाहेको आरोप लगाएका छन्।

केजरीवालमाथि भएको आक्रमणको भारतको अन्य राज्यका मुख्यमन्त्रीले पनि विरोध जनाएका छन्। आन्ध्रप्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले समेत विरोध गरेका छन्। केजरीवालमाथि गरिएको आक्रमणलगत्तै आम आदमी पार्टीका कार्यकर्ता र समर्थकले आक्रमणकारीलाई समातेर दिल्ली पुलिसलाई बुझाएका थिए। केजरीवालमाथि भएको यो आक्रमण पहिलो होइन। यसअघि पनि उनीमाथि कहिले खुर्सानी फ्याँक्ने, जुता उचालेर हान्ने र थप्पड हान्ने कार्य भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *