Sajhamanch Archive

उडिरहेको जहाजमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ। रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्।

स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु चमत्कार भएको बताए। ठूलो आगलागी र आपत्‌कालीन अवतरणको कारण अस्पष्ट नै छ।

उक्त जहाज सुखोइ सुपरजेट-१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।

समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्‌कालीन सङ्केत जारी गरेका थिए।

तर आपत्‌कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ। फ्लाइटरेडार २४ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्‌कालीन अवतरण भएको थियो।

धावनमार्गमै आगो
रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ।

उसको विज्ञप्तिमा आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ। चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ।

संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन। मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोले छोप्दा आफू विमानभित्र रहेको र हाम फाल्न सफल भएको दाबी गरेका छन्। इथियोपियन एअरलाइन्सका चालकले ुविमान दुर्घटना रोक्न प्रयास गरेका थिए ।

इथियोपिया विमान दुर्घटना हुनुअघि चिच्याएर चालकले यसो भने। उनले जलिरहेको विमानबाट यात्रुहरू दौडेर भागिरहेको भिडिओ पोस्ट गरेका छन् र आफू जीवित र ठीकठाक रहेको उल्लेख गरेका छन्। गायक क्रिस्तियान कोस्तोफले घटना प्रत्यक्ष रूपमा देखेको समाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले जहाजलाई पूर्ण रूपमा आगोले छोपेको देखेपछि विमानस्थलमा मानिसहरू डरले काँपिरहेको र अन्य उडानहरू नभएको जनाएका छन्। अर्का प्रत्यक्षदर्शी प्याट्रिक होर्ल्चरले बीबीसीलाई बताए अनुसार आगोको लप्काले जहाज ध्वस्त भइरहेको दृष्य हेर्दै डरलाग्दो थियो।

समाचार अनुसार घटनाको अनुसन्धान शुरू गरिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *