गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप होः प्रधानमन्त्री ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।
गणतन्त्र दिवशमुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताए । “यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने, “यो जनताको दिवशहो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए । “ कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन” प्रधानमन्त्री ओलीले भने, “विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।”
गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको बताए । कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गदैं पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “कुनै बेलालिगलिग कोटको राजा हुन पनि दौडमा जित्नु पथ्र्यो । यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ ” प्रधानमन्त्री ओलीले भने, “पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित ग¥यो ।”
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवशका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने बताए ।
Comments