Sajhamanch Archive

२० औं राष्ट्रिय पुरुष खुला कराँते प्रतियोगिता वैशाख २७ र २८ गते

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं। २० औं राष्ट्रिय पुरुष खुला तथा १३ औं राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ ।

नेपाल क्योकुसिन कराँते डो संघको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिए ।

प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले सात हजार ५ सय र चौथो हुनेले तीन हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार, तेस्रोले दुई हजार ५ सय र चौथो हुनेले एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *