Sajhamanch Archive

असहाय, अशक्त नागरिकका लागि खुशीकाे खबर, सरकारले दिने भयो सुविधा

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैँ । सरकारले अबदेखि अशक्त असहाय, बेवारिसे मानसिक रोगीहरुको नि:शुल्क उपचार गरिदिने भएको छ ।

मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार खर्च सरकारले व्यहोरिदिने भएको हो । यस्ता समस्या भएका विरामीको उपचार तथा पुन:स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६ पास भएसँगै बेवारिसे विरामीको उपचार खर्च सरकारले बेहोर्ने बाटो खुलेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको यो कार्यविधि गत १६ बैशाखामा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रिस्तरीय निर्णयबाट पास भएको थियो । यो कार्यविधि पास भएसँगै मन्त्रालयले यसै आर्थिक वर्षबाट कार्यक्रम अघि बढाउन इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन दिइसकेको छ ।

कार्यविधि अनुसार मानसिक रोग र मनोसामाजिक समस्या भएका अशक्त र बेवासरिसे विरामीको उपचार अस्पतालमा भए प्रतिदिन छ सय र पुर्नस्थापना केन्द्रमा भए प्रतिदिन पाँच सय रुपैयाँ तोकिएको छ ।

यस्तै, कार्यविधिले मनोचिकित्सकको प्रेस्किप्सन अनुसार र गैरसरकारी, निजी अस्पताल, पुन:स्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था वा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलको आधारमा हरेकमहिना प्रतिव्यक्ति चार हजार रुपैयाँ नबढ्ने गरी उपलब्ध गराउन भनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *