प्रदेश ३ को संसद अवरुद्ध
Published:
by .हेटौंडा । प्रदेशको राजधानी र नामकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेशसभा अवरुद्ध गरेको छ।
यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए तापनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको हो। दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको हो।
यस अघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए।
थाहा खबरबाट
Comments