Sajhamanch Archive

गृह मन्त्रातयबाट नै करिब ३ करोड बराबरको दुई गाडी गायब

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृह मन्त्रायतबाट थायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ ।

गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको पाइएपछि गाडी फिर्ता गर्न गृहले पत्राचार गरेको थियो । नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *