Sajhamanch Archive

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। खडेरीबाट उत्तर कोरियाको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ।

 विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन्। त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरूले जनाएका छन्। उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ।

अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकोले यसप्रति आफूहरू संयमित भएको ऊक्त कार्यत्रमका अधिकारीले जनाएका छन्। यीनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको बताइएको छ। यस पटक खडेरी नै परेकोले उनीहरूलाई खाद्यान्न संकट पर्न सक्ने अनुमान गरिएको छ।

यस प्राकृतिक प्रकोपका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ। त्यसैगरी कृषि उपजको कमी आउने र सिंचाईँको प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ। यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ। यस वर्षभरमा गत बुधबार ५६.३ मिलीलिटर मात्र पानी परेको थियो।

जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रूपमा लिन सकिन्छ।तर उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ। उसले वर्षौँदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ। (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *