Sajhamanch Archive

कार चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आइसीयूमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर। छातीमा सामान्य दुखाई महसुस भएपछि उपचारका लागि आफ्नै गाडी चलाएर अस्पताल पुगेका यहाँ एक चिकित्सक ९ दिनदेखि आइसीयूमा छन् ।
उनलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वासका लागि अक्सिजन दिइएको छ ।

कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ विमल अग्रवालको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । अग्रवाललाई अघिल्लो शनिबार राति घरैमा सामान्य छाती दुखेको महसुस भएको थियो ।

एन्जियोग्राफी गर्दा विमल बोलिरहेका थिए, प्रत्यक्षदर्शी मेडिकल साइन्सका जानकार उनका मामा प्रदीप अग्रवालले भने, एन्जियोग्राफी गर्ने क्रममा डा.नेपालले मुटुको रक्तधमनीमा रहेका ब्लकेज चलाएपछि विमल बेहोस भए ।

मामा प्रदीपका अनुसार मुटुको रक्तधमनीको ब्लकेज चलाउँदा विमलको ब्रेन स्ट्रोकु भएको हुनुपर्छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *