रवि र निकिताको विवाह
Published: (Updated: )
by .फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए ।
अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस खाएका रवि र निकिताले गत वर्षको माघ ७ गते अदालती विवाह गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत रुपमा विवाह गरेका हुन् ।
रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको ुअम्बे अपार्टमेन्टु मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । अदालती विवाह गरेको केही दिनमा नै निकिताले बोर्ड अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।
Comments