Sajhamanch Archive

ट्रम्पद्धारा अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी दिएका छन् । उनले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिए ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वकै समाप्त हुने’ धम्की दिएका हुन् ।

अमेरिकाको यो धम्कीले अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको विश्लेषण गरिएको छ । परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ ।

सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । अमेरिकाले गत वर्ष यो सम्झौता तोडेको थियो ।

इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ ।

यसैबीच अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *