Sajhamanch Archive

बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

ढाका। बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ ।

माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको हो ।

सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरोधमा देखिएका छन् ।

उनीहरुले सरकारी निर्णयको अवज्ञा गर्दै विरोधमा उत्रने तयारी गरेका छन् ।

सरकारले लगाएको प्रतिबन्ध आगामी २३ जुलाईसम्म लागू हुने छ ।

बंगलादेशको मत्स्यपालन तथा पशुधन मन्त्री असरफ अलीले सरकारी निर्णय संयमतापूर्वक कार्यान्वयन नभए बंगलादेशबाट माछा समाप्त हुने र यसले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने बताए । बंगलादेश सरकारले प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *