Sajhamanch Archive

५ तह बिचौलिया पार गर्नुपर्दा महंगीयो तरकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन ।

सरकारले करिब ९ महिना अघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ ।

हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ । केही महिनाअघि तराई क्षेत्रमा भएको हावाहुरी र भारतको निर्वाचनलाई देखाउँदै यतिबेला व्यवसायीले तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *