Sajhamanch Archive

इण्डोनेसियामा नव निर्वाचित राष्ट्रपति विरोध प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

इण्डोनेसियामा नव निर्वाचित राष्ट्रपति विरोध प्रदर्शन

इण्डोनेसियाका नव निर्वाचित राष्ट्रपति जोको विडोडोको विरोधमा पुन निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् ।

राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।

प्रदर्शनकारीहरुले कारमा आगो लगाए, प्रहरीमाथि पटाका पनि प्रहार गरे । प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर बनाउन प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

चुनाव परिणाममा राष्ट्रपति विडोडोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ ।

मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वाचित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *