कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास
Published:
by .
झापा । झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती बुढाथोकी र ८ वर्षीया छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ ।
अज्ञात व्यक्तिले बुधवार राति घरभित्रै पसेर मार्ने नियतले हिंस्रक आक्रमण गरेको छ ।त्रिफला पुस्तकालय नजिकै रहेको सो घरमा आरती, उनकी छोरी अर्पना र प्यारालाइसिसले ग्रस्त विरामी ६१ वर्षीया सासु रमा बुढाथोकी बस्दै आएका थिए ।
आरतीका पति काजी भनिने ओमकुमार बुढाथोकी वैदेशिक रोजगारका लागि दुवईमा छन् ।
एउटा कोठामा छोरीसँग बस्दै आएकी आरतीलाई आक्रमणकारीले धारिलो हतियारले टाउकोमा हिर्काएर मरेको ठानी छाडेर गएका थिए भने उनकी छोरीलाई मारिदिने धम्कीका साथ घाँटी च्यापेका थिए ।
अर्पणा र रमालाई अर्कै कोठाभित्र राखेर ढोकामा बाहिरबाट चुुकुल लगाएर घटनामा संलग्नहरुले आरतीमाथि आक्रमण गरेको स्थानीयवासीले बताए ।
विहान अर्पणाले झयालबाट कराएर हारगुहार मागेपछि गाउँलेले ढोका खोली दिएका थिए ।बालिकाका अनुसार दुईजना नचिनेका मान्छे घरभित्र प्रवेश गरेका थिए । बालिकाले कहि कतै हल्ला गरे मार्ने धम्की दिदै कोठामा लगेर बाहिरबाट चुकुल लगाइदिएको वयान प्रहरीलाई दिएकि छन्
एकतले र १ भान्साकोठासहित २ वटा कोठा रहेको पककीघरको दक्षिणपटिको कोठामा आरती सुतेकी थिईन् । स्थानीयवासीले आरतीको कोठाको ढोका खोलेर हेर्दा नग्न र वेहोस अवस्थामा रगतमा डुविरहेको देखेपछि इलाका प्रहरी कार्यालय धुलावारीमा खवर गरेका थिए ।
स्थानीय गाउँलेहरुले विहान घटना थाहा पाए लगत्तै खबर गर्दा प्रहरी घटनास्थलमा ढिलो आइपुगेको गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरीस् कार्यालय धुलावारीको प्रहरी टोली विहीवार घटनास्थलमा पुगिसकेको छ भने जिल्लाका प्रहरी प्रमुख एसपी दिनेश मैनाली आफै घटनाको प्रारम्भिक अनुसन्धानमा जुटेका छन् ।
Comments