Sajhamanch Archive

मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

नयाँदिल्ली। भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचण्ड बहुमत हासिल गर्ने निश्चित भएको छ ।

दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए ।

गरिबको सामान्य आवश्यकता पुरा गर्ने हो भने सन् २०२४ अगाडी देशलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनको भनाइ थियो । सरकार बहुमतबाट बन्ने उल्लेख गर्दै यस चुनावलाई नम्रतापुर्वक स्विकार गर्ने धारणा मोदीले राखे ।

मोदीले भने– जनताले सरकार बनाउने बहुमत दिएको छ । तर लोकतन्त्रको संस्कार र उसको स्पिरिटले हामीलाई जिम्मेवारी दिन्छ कि सरकार बहुमतले नै बन्ने हो तर देश सर्वमतले बन्छ । नेपाल समाचारपत्रबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *