Sajhamanch Archive

बेलायतकी प्रधानमन्त्री टेरिजा मेद्धारा पदबाट राजीनामाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्।

अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्। भावुक बनेकी टेरिजाले डाउनिङ्ग स्ट्रिटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिश गरेको बताएकी छन्। उनले सम्बोधनका क्रममा ब्रेक्जिटमा सफलता दिलाउन नसकेकोमा गहिरो दुस्खु लागेको पनि बताइन्।

मैले ब्रेक्जिट सम्झौतामा समर्थन जुटाउन पुरा कोशिश गरेँ। तर सफल हुन सकिनँ उनले भनिन्, देशको हितका लागि आउने प्रधानमन्त्रीले पनि मैले गरेको कोशिशलाई जारी राखुन्। यो घोषणा गर्ने समयमा उनी भावुक भइन् र रुन थालिन्।

उनले लड्खडाएको आवाजमा प्रधानमन्त्रीका रुपमा काम गर्न पाउनु आफ्ना लागि जीवनकै सबैभन्दा गौरवमय कुरा भएको पनि बताइन्। म दोस्री महिला प्रधानमन्त्री भए तर निश्चित रूपमा अन्तिम होइन। टेरिजाले कन्जर्भेटिभ पार्टीको नेताको पद छाड्नेबित्तिकै उनका उत्तराधिकारी चुन्‍ने प्रक्रिया सुरु हुनेछ। (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *