Sajhamanch Archive

परिवारमा थियो ९ भोट, पाए ५ भोट 

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

पञ्जाव। यहाँको जालन्धर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारलाई परिवारकै सदस्यले भोट नदिएपछि क्‍वाँ क्‍वाँ रोएका छन्। चुनावी मैदानमा उत्रिएर उनलाई परिवारकै सबै सदस्यले भोट हालेनन्। कुल ८४० भोट ल्याएका उम्मेदवारको नाम हो निटु । यहाँको टान्डा सडकमा यिनको सटरको कारोबार छ।

जालन्धर मात्रै नभएर आसपासको इलाकामा पनि निटु शटरावालाको नाममा चर्चित छन्। उनी चार वर्ष पहिले गणतन्त्र दिवसका दिनदेखि चर्चामा आएका थिए। गणतन्त्र दिवसमा निटुले एक शंकास्पद वस्तु फेला पारका थिए। त्यसपछि उनी चर्चामा आएका थिए। अब जालन्धर सहरमा कुनै भित्तो नहोला जहाँ निटु सटरवाला लेखिएको नहोस्।

तर यी प्रख्यात निटुका लागि बिहीबारको दिन पीडादायी बन्यो । दिउँसो ३ बजेर ४५ मिनेटसम्मको अन्तिम परिणाममा केबल ८४० मत मात्रै निटुलाई प्राप्त भयो। मतपरिणामको अन्तिम नतिजा आएपछि मतगणना केन्द्रमा आँखाभरी आँसु बनाउँदै उनले आफ्ना परिवारका सदस्यको बदमासी सुनाए।

उनले आफ्नै घरका सदस्यले माता चिन्तपूर्णीको कसम खाएर पनि आफूलाई सबैले भोट नदिएको दुखेसो पोखे। तर कसम खाएर पनि आफ्नो परिवारका ९ सदस्यमध्ये आफूलाई केबल ५ जनाले मात्रै भोट हालेको थाहा पाएपछि उनी क्‍वाँ क्‍वाँ रोए। निटुको होस तब उड्यो जब जब परिवारको भोट नै उनलाई सबै मिलेन।

एक पटक जाँच गराएपछि आफ्ना परिवारबाट आफूलाई ४ भोट मात्रै खसेको थाहा पाएर उनी रोए। परिवारका जम्मा ९ मा उनलाई ५ भोट मात्रै आयो, बाँकी ४ भोट कता गयो केही पत्ता चलेन। ुयो त सरासर बदमासी भयोु, निटुले त्यसपछि भने, राहुल गान्धी, नरेन्द्र मोदी हो या कोही अरु सबै एक से एक चोरु हुन्। म कसम खान्छु अबदेखि कहिल्यै चुनाव लड्ने छैन। (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *