Sajhamanch Archive

सगरमाथामा ट्राफिक जाम ,दुई भारतीय नगरिकसहित तीन जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ। विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा दुई भारतीय नगरिकसहित तीन जनाको मृत्यु भएको छ।

भारतकी ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको बिहीबार सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो।

यस्तै, अर्का ६५ वर्याीय एक अस्ट्रेलियन नगरिकको पनि आरोहणकै क्रममा निधन भएको छ ।

मृत्यु हुने अर्की आरोही कल्पना दासले सन् २००८ मै सगरमाथाको सफल आरोहण गरेकी थिइन्। तर, सयौँको लाइनमा ट्राफिक जाममा फसेकी उनी यसपटक भने असफल भइन् । त्यस्तै, शनाखत नभएका अस्ट्रेलियन नागरिक भने सगरमाथाको टिब्बती भागतर्फ मृत्यु भएको जनाइएको छ।

तीनै जनामा ट्राफिक जाम हुँदा एकै स्थानमा धेरै बसिरहँदा शारीरिक समस्या देखिएको उनको भनाइ थियो।

बागवानको १२ घन्टासम्म एकै स्थानमा बस्दा मृत्यु भएको बताइएको छ । शेर्पा गाइडले पानी दिएर उनलाई बचाउने प्रयास गरेपनि असफल भएको उनले जानकारी दिए।

सगरमाथा चढ्ने अनुमति सीमितलाई दिनु पर्ने आवाज उठिरहेको बेला वसन्त ऋतुमा ३ सय ८१ जनालाई सगरमाथा चढ्ने अनुमति दिइएको छ। गत बुधबारमात्र एक भारतीय र एक अमेरिकी नागरिकको ट्राफिक जामकै कारण मृत्यु भएको थियो।

यसवर्ष सगरमाथाको अवस्था पहिलेकोभन्दा खराब भएको बताइएको छ। यो सिजनमा सगरमाथामा मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ।

विश्वकै सर्वोच्च शिखर भएकाले मानिसहरु सगरमाथा चढ्न रुचि राख्ने गर्दछन् र आरोहणका लागि विभिन्न देशका नागरिकहरु नेपाल आउने गर्दछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *