सर्पको टोकाइबाट वृद्धाको मृत्यु
Published: (Updated: )
by .
उदयपुर । उदयपुरको बेलसोतमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटारी नगरपालिका–१ स्थित बेलसोत घर भएकी ६५ वर्षीया सन्तमाया विश्वकर्मा छिन्। शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा विकलाई सर्पले टोकेको थियो। उनलाई विषालु सर्प गोमनले टोकेको प्रत्यक्षदर्शीले बताए।
सर्पले टोकेको केही समयपछि उनलाई कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारमा पुर्याइएको थियो।उपचार केन्द्रले विकको अवस्था गम्भीर भएकाले अन्यत्र उपचारका लागि लैजान सुझाव दिएको मृतकका छोरी बुद्वमाया विकले जानकारी दिइन्।
छोरी विक कटारी नगरपालिका १ को वडा सदस्यसमेत हुन्। थप उपचारका लागि आर्मी क्याम्पमा रहेको सर्पदंश उपचार केन्द्र लैजाने क्रमममा उनको बाटैमा मृत्यु भएको थियो।
अघिल्लो वर्ष पनि कटारी क्षेत्रमा सर्पको टोकाइबाट चारजनाको मृत्यु भएको थियो।
Comments