Sajhamanch Archive

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । प्रधानमन्त्री टेरिजा मे ले आगामी महिना पद त्याग गर्ने घोषणा गरेपछि बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु भएको छ ।

सत्तारुढ कन्जर्भेटिभ पार्टीका १२ जनाभन्दा बढी सांसद प्रधानमन्त्रीको दौडमा सहभागी हुने सम्भावना देखिएको छ ।

हालसम्म पाँच जनाले दावेदारी प्रस्तुत गरिसकेका छन् । हालका विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोनसन, स्वास्थ्य मन्त्री म्याट ह्यान्कक, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टुअर्ट र पूर्वमन्त्री एस्थर म्याक्भे प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा लागेका छन् ।

बेलायतमा संसद्मा बहुमत प्राप्त दलको नेतृत्वको प्रतिस्पर्धाले नै प्रधानमन्त्री निर्धारण हुने गर्दछ ।

आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भइसक्ने अपेक्षा कन्जरभेटिभ पार्टीका नेताहरुले गरेका छन् ।

देशभर रहेका पार्टीको १ लाख २४ हजार सक्रिय सदस्यहरुले भोटिङमार्फत नयाँ नेता चयन गर्दछन् ।

कन्जर्भेटिभ पार्टीका सदस्यहरु बेलायतमा अन्य पार्टीका भन्दा मध्यम तथा माथिल्लो स्तरको आय भएका नागरिक मानिन्छन् ।

सन् २००५ मा डेभिड क्यामरनलाई नेता चयन गरेयता भोटिङमार्फत नेता चयन हुन लागेको यो पहिलो अवसर हो ।

सन् २०१६ मा टेरेजा मे प्रधानमन्त्री हुँदा सर्वसम्मत रुपले पार्टीको नेता चयन हुनुभएको थियो ।

मेले आगामी जुन ७ तारिखमा पार्टी नेताको पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *