Sajhamanch Archive

जनप्रतिनिधिलाई लागि दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धि क्षमता विकास तालिम

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । स्थानीय तहका जनप्रतिनिधिहरुको लागि दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धि क्षमता विकास तालिम सोमबार मेचीनगरमा सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाले आयोजना गरेको तालिममा नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षक विदुर सुवेदीले दिगो विकासका १७ वटा लक्ष्य पुरा गर्न हरेक जनप्रतिनिधिहरु सक्रियपूर्व लाग्नुपर्ने र पुरा गर्न अप्नाउनुपर्ने मापदण्डका बारेमा सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । उनले दिगो लक्ष्य सवैको साझा लक्ष्य भएकाले यसलाई पुरा गर्न सवै उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । नेपाल सदस्य राष्ट्र भएकाले यो लक्ष्य पुरा गर्न नेपालले समेत प्रतिवद्धता व्यक्त गरेको छ यो प्रतिवद्धता पुरा गर्नका लागि पनि हरेक नेपाली नागरिक सक्रियतापूर्वक लाग्नुपर्ने सुवेदीले प्रशिक्षणका क्रममा सहभागी जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाका अध्यक्ष हरिप्रसाद गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाका सचिव सोमराज ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *