आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइँदै
Published:
by .काठमाडौं । मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस । नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ ।
नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।
पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्राष्ट्रिय रूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो । सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो ।
Comments