Sajhamanch Archive

इकोम मिस एसईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट

Published: (Updated: ) in टिप्स/जानकारी by .

विर्तामोड । इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् ।

प्रतियोगी नम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस” प्रतियोगिनम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगिनम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगिनम्बर ९ दिपिका भट्टराईले “हेड टु हेड च्यालेन्स” र प्रतियोगिनम्बर २२ सजिता तामाङ्गले “मिस ट्यालेण्ट”जित्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएका हुन् । यि ५ वटै सव कन्टेष्टका लागि भिन्दा भिन्दै प्रतियोगिता फरक फरक निर्णायकको रोहोबरमा गरिएको थियो । प्रतियोगितामा “मिस एथलेटिक” प्रतियोगिनम्बर ८ सबिना राउत बनेकी छिन् । मिस एथलेटिकले भने सेमिफाइनलमा स्थान नपाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश १ का ३४ जना एसईई दिएका किशोरीहरुको सहभागीता रहेको छ । प्रतियोगिताको अन्य सेमिफाइन लिष्टको छनौटका लागि आगामी शनिबार होटल फ्लोरिडामा प्रि जज मेण्ट हुने छ भने मिस मल्टि मिडिया जित्दै सेमिफाइनलमा पुग्न पनि सकिने आयोजक कम्पनीका प्रबन्ध निर्देश प्रणित पुडासैनीले जानकारी दिए । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते बिर्तामोडको चारपाने स्थित फोर सिजन पार्टी प्यालेसमा हुने छ । प्रतियोगिताको मुख्य निर्णयकको रुपमामिस नेपाल वर्ष २०१८ प्रिया सिग्देल झापा आउने पुडासैनीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *